अर्घाखाँचीडट्कम संवाददाता
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं. ७ नुवाकोटको कृलुक सामुदायिक वनमा आगलागी भएको छ ।
नुवाकोटको कृलुक सामुदायिक वनमा सोमबार दिउसो आगलागी भएको हो । आगलागीबाट जंगल नजिकका घरहरु क्षति हुनबाट बचेँका छन् ।
स्थानिय गोपाल के.सीले बताए अनुसार मेख बहादुर नेपालीको घरदेखि करिब ३० मिटर नजिक रहेको मकैको डाठको धुमसम्म आइपुग्दा स्थानियको ठुलो मेहनतपछि करिब ५ घन्टामा आगो नियन्त्रणमा आएको छ ।