छत्रगंजको सिर्थुममा खानेपानीको हाहकार

अर्घाखाँचीडट्कम संवाददाता
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका   वार्ड नं. ५ छत्रगंजको सिर्थुममा खानेपानीको हाहकार भएको छ ।
छत्रगंजको सिर्थुममा वर्षौदेखि खानेपानीको हाहकार हुँदै आएको हो । २० घर परिवार रहेको सिर्थुममा १ गाग्री  पानी भर्न घण्टौ समय लाग्ने गर्दछ । 
धारामा दिनमा २,४ गाग्री मात्र पानी आउने गर्दछ । यहाँका स्थानियले खानेपानीको लागि मार्सिक ३ सय रुपैया तिर्दै आएका छन् ।
पधेरोमा पनि लिन जाँदा १ घण्टा बढी समय लाग्ने गर्दछ । वर्षौदेखि खानेपानीको समस्या भोक्दै आएको यस गाउँमा कसैको ध्यान पुग्न सकेको छैन् । 

अन्य समाचारहरु