मालारानी गाउँपालिकाका युवाहरूलाई बिना धितो १० लाख रुपैया कर्जा उपलब्ध

नविन के.सी 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले बैदेशिक रोजगारीमा गएर गाउँ फर्केका युवाहरूलाई गाउँमै उद्यमशिल बनाउन तालिम र बिना धितो १० लाख रुपैयासम्म  सहुलीयत कर्जा उपलब्ध गराएको छ । 
उद्यम गर्ने युबाहरुलाई व्यबसाय सञ्चालन गरि सकेपछि आम्दानी खर्च कसरी राख्ने , बजारको व्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा पालिकाले अहिले दुई चरणमा गरि ७० जना युबाहरुलाई उद्यमशिलता  र बितिय साझरता सम्बन्धी तालिम सञ्चालन गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । 
युबाहरुमा भएको सिप  , श्रम र पसिना आफनै गाउँमा बगाउनेहो भने सम्बृद्ध मालारानी बनाउन धेरौ समय नलाग्ने आचार्यले बताउनु भयो । पालिकाले उद्यम गर्न चाहनेहरुको लागी कृषि बिकाश बैक संग समझौता गरि पालिका जमानत बसेर व्यबसायको प्रकृति हेरी १० लाख रुपैया सम्म बिना धितो शहुलियत कर्जा प्रबाह गरेको छ ।
 अहिले उद्यमशिलता तालिम लिएका युबाहरुको लागी एनएमबी बैकं संगको सहकार्यमा ४ प्रतिशत व्याजमा बिना धितो १० लाख रुपैया  सम्म कर्जा उपलब्ध गराउने पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । 
उक्त तालिम राष्ट्रिय युबा परिषद , रिर्टनी माईग्रेन , एन एमबि बैक संग पालिकाले सहकार्य गरि सञ्चालन गरेको पालिकाका सूचना अधिकारी नेत्र खनालले जानकारी दिनु भयो ।