अर्घाखाँचीडट्कम संवाददाता
छत्रगंज, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तह बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयसंग सम्बन्धित स्थानीय तहबाट आवश्यक सिफारिस लगायतका विषयमा द्विबिधा हटाउन र सेवा प्रवाहमा स्थानीय तहसंगको समन्वयलाई थप प्रभाबकारी बनाउन कार्यक्रमको आयोजना गरिएको थियो ।
छत्रदेव गाउँपालिकाका जन प्रतिनिधि , वडा सचिज तथा अन्य सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल , प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी र सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जिल्ला प्रशासन कार्यलय र सुरक्षा समितिले गर्ने कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल, वडा अध्यक्ष कमल पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा शसस्त्र प्रहरी नायव उपरिक्षक राम कृष्ण महर्जन, जिल्ला अनुसन्धान अधिकृत विनय चतुर्वेदी, वडा अध्यक्षहरु तेज प्रसाद खनाल, अशोक श्रेष्ठ, वालकृष्ण श्रेष्ठ , सोभाखर पाण्डे, पत्रकार महासंका प्रदेश सदस्य प्रेमनारायण आचार्य, पत्रकार घनश्याम पौडेल लगायतको उपस्थिति रहेको थियो ।