अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको वाङ्लामा आगामी फागुन २३ गतेदेखि सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षकलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । यस्तै जिल्लामा ५५ वर्षमाथिका नागरिकलाई पनि खोप लगाईने भएको छ ।
वाङ्ला स्वास्थ्य चौकीमा फागुन २३ गतेदेखि सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षकलाई लगाईने खोप कार्यक्रमको तयारी भएको छ ।
साथै वाङ्ला स्वास्थ्य चौकीले मंगलवार काेभिड-१९ खाेप सम्बन्धी जानकारी दिन एक कार्यक्रमको आयोजना गरेको थियो ।
यस्तै वाङ्ला स्वास्थ्य चौकीमा फागुन २३ गतेदेखि निम्न विवरण अनुसार खोप कार्यक्रम आयोजना गरिएको छ ।