युवराज पाण्डे
पोखराथोक, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखराथोकका ३५ वर्षिय युवा भेषराज बेल्वासे २०७५ सालमा विदेशबाट फर्किए । घरमा विरामी वुवा र आमा मात्रै भएपछि उनी पुन: विदेश जाने सोच बनाएनन् ।अहिले उनले घरमा २ वटा गाई र १ वटा भैसी पालेका छन् । स्नातक गरेका उनी पशुपालनमै रम्न थालेका छन् । उनी भन्छन्, “गाउँमा रोजगारीका अन्य अवसर छैनन् खाली बस्नु भन्दा डेरी नजिकै छ । दूध उत्पादन गर्यौं भने आम्दानी पनि हुने काम पनि हुने भन्दै गाई र भैसी पाल्ने सोंच बनाएँ ” ।एक वर्षमा उनले ५ हजार १ सय १८ लिटर दूध डेरीमा विक्री गरी ३ लाख १० हजार आम्दानी गरे ।
त्यही आम्दानीवाट उनले श्रीमतीको स्नाकोत्तर खर्च समेत धानिरहेका छन् । उनको खर्च दुध विक्रीबाट प्राप्त आम्दानीबाट नै खर्च चलाउँदै आएका छन् । निगाली दुग्ध डेरीको वार्षिकोत्सवमा सम्मानित भएको प्रमाणपत्र हातमा लिई खुशी हुँदै उनले भने, “गाउँमै बसी यसरी उत्कृष्ट कृषकको रुपमा सम्मानित हुन्छु भन्ने सोंचेकै थिइन ।
आजबाट मलाई थप हौसला प्राप्त भएको छ अव यसैमा आफ्नो जीवन समपर्ण गर्छु”।
गाउँमा २०६४ सालमा स्थापित निगाली दुग्ध डेरीले उनलाई मात्र होईन अरु किसानलाई पनि आकर्षित गरेको छ ।पाणिनि ४ निगालीमा रहेको डेरी उद्योगले त्यस क्षेत्रका जनताको जिवन स्तर उकास्न सहयोग गरिरहेको छ । दधिराम बेल्वासे अर्का एक उत्कृष्ट किसान हुन जसले वार्षिक रुपमा दूध बेचेरै ४ लाखको हाराहारीमा आम्दानी गर्छन ।
दधिरामका अनुसार उनी ६ वर्ष विदेश बसी नेपाल आएपछि अन्य धेरै पेशा व्यवसाय गरे कुनै पनि व्यवसायबाट सफल नभएपछि दूध उत्पादनमा लागे र हिजो आज दैनिक ४० लिटर दूध उत्पादन गरी डेरीमा विक्री गरिरहेका छन् ।
उत्तम बेलवासे विदेशवाट फर्किएपछि गाउँमै छन् र उनले पनि वार्षिक ३ लाख ५० हजारभन्दा वढी आम्दानी दूधवाट आम्दानी गरी स्थानीय डेरीवाट उत्तकृष्ट किसानको रुपमा सम्मानित भए ।
डेरीमा संकलित दूधलाई प्रशोधन गरी गाउमै छुर्पी समेत उत्पादन गरिदै आएको छ । स्थानीय युवाहरु तिलकराम गैरै, पुनाराम बेल्वासे लगायतले गाउमै छुर्पी उधोगको स्थापना गरी दूध जन्य वस्तुको उत्पादन गरिरहेका छन् ।
डेरी र उद्योगमा गरी वार्षिक रुपमा करिव २ करोडको दुध र दुध जन्य वस्तुको उत्पादन र विक्री हुदै आएको स्थानीयले बताउछन् ।
पाणिनि गाउँपालिका दूधमा आत्मनिर्भर भईसकेको पालिका अध्यक्षको दावी छ । उहाँका अनुसार पशुपालन र कृषिको व्यवसायीकरणको निम्ति पालिकाले आवश्यक कार्यक्रम सञ्चालन गरेको छ । “ हामी अन्य स्थानीय तहलेभन्दा कृर्षिमा वढी लगानी गरेका छौं ।
हामी उत्पादनमा आधारित अनुदान सहयोग गर्दै आएका छौं । दूध उत्पादनमा प्रति लिटर २ रुपैयाँ देखि ५ रुपैयाँ सम्म अनुदान सहयोग दिदै आएका छौं । विस्थापित युवालाई गाउँमै स्थापित कृषक बनाउने हाम्रो लक्ष्य छ” । अध्यक्ष गौतमको भनाई । वार्षिक ५ हजारभन्दा वढी दूध उत्पादन गर्ने किसानलाई थप २५ हजार अनुदान सहयोग गर्ने गरेको र स्थानीय स्तरमा डेरी सञ्चालनको लागी प्रविधि र सामग्री हस्तान्तरण पालिकाले गर्दै आएको उहाँको भनाई रहेको छ ।
निकट भविष्यमै पालिकामै चिज उधयोगको स्थापना गर्ने पहलमा रहेको समेत उहाँले जानकारी दिनु भयो ।