अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा दलित, मुस्लिम समुदायका युवाहरुलाई ३ महिने कम्प्युटर तालिम शुरु भएको छ ।
कम्प्युटर आजको आवश्यकता भएकोले सन्धिखर्क नगरपालिकामा बिहीवारबाट दलित, मुस्लिम समुदायका युवाहरुलाई ३ महिने कम्प्युटर तालिम शुरु भएको हो ।
कम्प्युटर तालिम अर्घाखाँची कम्प्युटर ईन्ष्टिच्युट र ईन्टेल कम्प्युटरमा सञ्चालन भईरहेको छ ।
यस्तै सन्धिखर्कमा युवा लक्षित कार्यक्रम ४५ दिने ड्राइभिङ तालिम शुरु भएको छ । उक्त कार्यक्रमको हिजो बुधवार एक कार्यक्रमका बीच शुरुवात गरिएको थियो । देशमै बसेर केही गर्छु भन्ने युवाहरुलाई नगरपालिकाले यो तालिम दिएको हो ।