गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा विपत व्यवस्थापन समिति अर्घाखाँचीकाे बैठककाे सम्पन्न भएकाे छ ।
बैठकमा काग्रेस जिल्ला सभापति विष्णुप्रसाद खनाल,नेकपा नेताहरू जर्नादन खनाल,राजेन्द्र भुसाल,राजमाे जिल्ला अध्यक्ष थम्मन केसी,जसापा प्रतिनिधि टाेपलाल बलाल, शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारी,भुमिकास्थान नगरपालिका प्रमुख रेसम थापा,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेव गाउपालिका अध्यक्ष लेखनाथ पोख्रेल, पाणिनी गाउँपालिका प्रमुख अच्युत गाैतम,सुरक्षा निकायका प्रमुख,कार्यालय प्रमुख, संघ संस्थाका प्रमुख प्रतिनिधि लगाएकाे उपस्थिति रहेकाे थियाे ।
बाढी पहिराे प्रभावित क्षेत्र विस्थापितबारे,मनसुन्यजन्यविपत प्रभावित निजि आवास पुर्ननिर्माण सम्बन्धि,सवेक्षक चयन लगायतका विषयमा छलफल भएकाे थियाे ।
प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।