पाणिनीको दुर्गाफाँटमा चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सव हुने, पाणिनी पर्यटन समाजको पत्रकार सम्मेलन सम्पन्न

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम / व्युरो रिपोर्ट)  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सव हुने भएको छ। फागुन २७ गते हुने महोत्सवको बिहीवार दुर्गाफाँटमा आयोजित पत्रकार सम्मेलनमा पाणिनी पर्यटन समाजका अध्यक्ष झविन सुनामलेपाणिनी गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने उद्देश्यले महोत्सब आयोजना गरेको वताउनु भएको छ ।
पाणिनी गाँउ पालिकामा हुने कुनै भव्य कार्यक्रममा यसअघि सन्धिखर्क गएर गरिने पत्रकार सम्मेलन यस पटक पाणिनी मैं गरेर पाणिनीपर्यटन समाज ले नयाँ कार्यको सुरुवात गरेको छ । एकदर्जन वढी पत्रकार रहेको पाणिनीमा आजसम्म यसरी पत्रकारको जमघटनगराएकोमा दुख व्याक्त गर्दै पाणिनी पर्यटन समाजले यस पटक यों कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै पर्यटन समाज र पत्रकार विचनंग र मासुको सम्बन्ध स्थापित गर्दै अगाडी वढ्ने पत्रकारको विचार सार्वजनिक छ । पाणिनि पर्यटन समाज द्धारा आयोजित चौथोमहोत्सव तयारी प्रचार प्रसार उप समिती संयोजक डिआरजी सुमन को पहिलो यो प्राथमिकता पाणिनीमा क्रियाशील पत्रकारको जमघटगराउने उद्देश्य उत्कृष्ट रहेको वरिष्ठ पत्रकार विष्णुभक्त पोखरेलले वताउनु भयो । पहिलो पटक यसरी जमघट हुने वातावरण वनाउनेपाणिनी पर्यटन समाज लाई पत्रकार रुकमागत भट्टराई, कमला घिमिरे, सिता घिमिरे लगायतले धन्यवाद ज्ञापन गरेका छन । 
पाणिनी पर्यटन समाज अर्घाखाँची द्धारा आयोजित चौथो पाणिनी दुर्वाशेस्वर महोत्सवमा वरिष्ठ लोक तथा दोहोरी गायक वद्री पंगेनी, चर्चित गायिका सुनितामी परियार, हास्यव्यांग कलाकार विष्णुजी पाण्डे “माईलावा” चर्चित गायिका संगीता चितौरे, लोक तथा दोहोरीगायक तीलक वेल्वासे, देउडा गायक नवीन रावत,गायिका रुक्मणा घिमिरेको लगायतका कलाकारको प्रस्तुती रहने पाणिनी पर्यटनसमाज अर्घाखाँची द्धारा पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।
पाणिनी पर्यटन समाज अर्घाखाँची ले पाणिनीमा क्रियाशील पत्रकारहरुको उपस्थितीमा शिवरात्रि विशेष कार्यक्रमको रुपरेखासार्वजनिक गरेको छ । महाशिवरात्रि २०७७ को अवसरमा आयोजित कार्यक्रमको लागी फागुन २५ गते पाणिनी गाँउ पालिकाभर प्रचारप्रसार को लागी पर्चापोस्टर वितरण गर्ने, २६ गते माईकिंग सहित प्रचार प्रसार गर्ने,२७ गते विहान ०८ दुर्वाशेस्वर गुफा क्षेत्र सरसफाई गरीऔपचारिक रुपमा महोत्सवको उद्घाटन समारोह गर्ने भएको छ । कार्यक्रममा विशिष्ट व्याक्तिको सम्मानको व्यावस्था पनि गरिएको छ ।पाणिनी पर्यटन समाजको आयोजना र पाणिनी गाउँपालिकाको सह–आयोजना हुने मेला शिवरात्रीको दिन हुने महोत्सवको तयारी सुरुभएको छ । पाणिनी पर्यटन समााजले सामाजिक क्षेत्रमा सक्रियता देखाउदै आएको छ । 
पाणिनी पर्यटन समाज सामाज द्धारा आयोजित पत्रकार सम्मेलनमा पाणिनी गाँउ पालिका स्थित क्रियाशील पत्रकार विष्णुभक्त पोखरेल, रुकमागत भट्टराई, माधव पौडेल, चोलनाथ पौडेल, शालिकराम गौतम,प्रकाश प्युठानी, सिता घिमिरे, कमला घिमिरे लगायतको उपस्थिती रहेको थियो । पाणिनी पर्यटन समाज अर्घाखाँचीका सदस्य रोमाकान्त भट्टराईको संचालनमा भएको कार्यक्रममा अध्यक्षझविन सुनामको अध्यक्षता, उपाध्यक्ष धुर्वराज घिमिरेको स्वागत मन्तव्य र स्वतन्त्र पत्रकार डिआरजी सुमन को विशिष्ट आथित्यतामापत्रकार सम्मेलन सम्पन्न भएको छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु