अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा सहरी विकासका तथा शासकीय पूर्वाधार लागि ३ बर्षे योजना अन्तरगत १८ करोड ३८ लाख ५० हजार १ सय ३८ थप भएको छ ।
सन्धिखर्क नगरपालिकामा सहरी विकासका तथा शासकीय पूर्वाधार लागि ३ बर्षे योजना अन्तरगत १८ करोड ३८ लाख ५० हजार १ सय ३८ थप भएको हो ।
शहरी बिकास तथा भबन निर्माण बिभागले आयोजना गरेको कार्यक्रममा नगरपालिकाको बिकास निर्माण थप योजना का बारेमा भनाई राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र शहरी बिकास तथा भबन निर्माण बिभागका महानिर्देशक नबराज प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
हस्ताक्षर भएपछि सन्धिखर्क नगरपालिकाले शहरी बिकासका लागि शासकिय तथा पूर्वाधार आयोजनाका लागि १८ कराेड ३८ लाख ५० हजार १३८ रुपैयाँ ३ बर्षमा प्राप्त गर्ने छ ।