अर्घाखाँचीडट्कम संवाददाता
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा मुलुकी देवानी संहिता सम्बन्धमा जिल्ला अदालतको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिकामा जिल्ला अदालत अर्घाखाँचीको आयोजनामा बिहीवार मुलुकी देवानी संहिता सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
जनप्रतिनिधीसँग न्यायिक संवाद कार्यक्रममा जिल्ला अदालतका न्यायाधिश वासुदेव न्योपानेले अनुशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला अदालतका शाखा अधिकृत अन्नतराज मरासिनी, सुचना अधिकारी टेकराज गैरे, पाणिनी गाउँपालिका वार्डका अध्यक्षहरु जिवलाल घिमिरे शालिकराम भट्टराई, नेत्र भट्टराई, देवीबहादुर क्षेत्री, स्थानेश्वर घिमिरे, शुभबहादुर सारु, गुनाखर अधिकारी, पालीका कार्यवाहक वार्ड अध्यक्ष कौशर अली, न्यायिक समितीका सदस्य शालिकराम घिमिरे वार्ड सचिवहरु रविन्द्र न्यौपाने, कमलप्रसाद न्यौपाने, गोविन्द बहादुर विक, गिता वाग्ले, अम्बिका डुम्रे लगायतको उपस्थिती रहेको थियो ।
उनिहरुले स्थानिय परेका समस्याको बारेमा जानकारी गराएका थिए ।