ठाडाको श्री दह आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा दह स्थित श्री दह आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरीले ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण दिएको छ ।   
ठाडा दह स्थित श्री दह आधारभुत बिद्यालयमा अध्यनरत ५० जना छात्र छात्रा हरुलाई अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा अर्घाखाँची बाट खटिएको ट्राफिक टोलिले ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिएको हो ।   
यस्तै ट्राफिक प्रहरी पोष्ट नरपानीबाट सन्धिखर्क नगरपालिका वार्ड नं. ७ खाँचीखोला स्थित खटिएको संयुक्त ट्राफिक चेकिङ टोलीले २० जना सर्बसाधरणहरुलाई सडकमै जम्मा गरी ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएको थियो । 

अन्य समाचारहरु