नवीन रसाइली
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ र ६ बाँगीको सिमानामा पर्ने बुढिचौर मन्दिर निर्माण भएको छ ।
बाँगीको बुढिचौरमा स्थानियहरुको सहयोगमा मन्दिर निर्माण भएको हो । अहिले निर्माण कार्य जारी छ ।
मन्दिरको लागि मालारानी गाउँ पालिका तथा वडा कार्यालयबाट कुनै पनि सहयोग नगरेको स्थानीय बाबुराम ताम्राकारले बताउनुभएको छ ।
मन्दिर निर्माण गर्दा ५/६ लाख खर्च लागेको बताईएको छ, त्यस्तै उक्त ठाउँका स्थानीयहरुले अाफु सक्दो फर्निचर, बालुवा, सिमेन्ट तथा नगद सहयोग गरेका छन् । यस ठाउमा सम्बन्धित पक्षको ध्यान जाअोस् भनेर स्थानीयहरुले बताएका छन् ।
उक्त ठाउँ प्रकृतिले भरिपुर्ण रहेको छ । उक्त ठाउँमा जानको लागि जिल्लाको सदरमुकाम सन्धिखर्क देखि करिब १ घण्टा लाग्छ ।