सन्धिखर्कमा तेस्रो चरणको कोरोना खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

गोपाल भट्टराई 
सन्धिखर्क अर्घाखाँची फागुन २१ । नेपाल सरकारले चलाएको कारोना बिरुद्धको खोप अभियानमा सहभागि भइ ढुक्क भएर खोप लगाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । नेपाल सरकारले बितरण गरिराखेको खोपलाई डब्लु एच ओले स्विकृति प्रदान गरेको र स्वास्थ्यका दृष्टीले सुरक्षित रहेकोल ढुक्क भएर खोप लगाउँदा कुनै समस्या नपर्ने उनिहरुको सुझाव छ ।
यहि फागुन २३ गते दिन थालिएको तेस्रो चरणको खोप लगाउनुपूर्व जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले आज सन्धिखर्क नगरपालिकामा आयोजना गरेको अभिमुखिकरणमा बोल्ने स्वास्थ्यकर्मीहरुले सहजीकरण गर्दै गर्भवती महिला,तत्कालै गर्भको योजना बनाएका तथा स्वास्थ्य मन्त्रालयले तोकेका समुह बाहेक अन्य सबै नागरिकले खोप लगाउँदा गम्भिर समस्या नआउने उनिहरुको भनाई छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत युगल बसेलको अध्यक्षता,मिनराज पौडेलको स्वागत मन्तव्य र नगर स्वास्थ्य शाखा प्रमुख पूर्ण प्रसाद पराजुलीको संचालन तथा सहजीकरणमा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप अधिकृत राम प्रसाद गौतमले प्रमुख सहजीकरण गर्नुभएको थियो ।
नगरपालिकाभित्रका स्वास्थ्यचौकी र स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरु,जनप्रतिनिधि एवम सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नगर उप–प्रमुख ठाकुर कुमार वि.क.,नगर प्रवक्ता लिलाराम गौतम,शिक्षा तथा सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो ।