अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेका वनहरुको अतिक्रमण नियन्त्रणका लागि छलफल तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
मालारानी गाउँपालिकाभित्र रहेका सामुदायिक वनहरुको अबस्था चोरी निकासी, अतिक्रम नियन्त्रण र अतिक्रमण बिकास कार्यक्रमका बिषयमा छलफल तथा अनुगमन सम्पन्न भएको हो ।
छलफल तथा अनुगमनमा गाउँपालिका अध्यक्ष बालकृष्ण सर्मा डिभिजन वन अधिकृत मोहन श्रेष्ठ वार्ड अध्यक्ष लगाएतका जनप्रतिनिधिहरु, वन अधिकृत मोती पौडेल वन कार्यलयका कर्मचारीहरु स्थानिय सामुदायिक बनका पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।