अर्घाखाँचीमा डमी ट्राफिक राख्न शुरु, ठाडामा जिल्लाकै पहिलो डमी राखियो

सागर पौडेल | हलिम खान | अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सवारी दुर्घट्नालाई कम गराउन ट्राफिक प्रहरीहरु सडकमा बसेर मात्रै दुर्घटना न्यूनिकरण नहुने भन्दै मुख्य ठाउँहरुमा ‘डमी ट्राफिक’ राख्न थालिएको छ ।
यसैक्रममा जिल्लाको ठाडामा जिल्लाकै पहिलो पटक डमी ट्राफिक राखिएको छ । एक कार्यक्रमका बिच सितगंगा नगरपालिका वडा नम्बर ३ ठाडामा ट्राफिक डमि राखिएको हो ।
अस्थाई ट्राफिक पोस्ट ठाडाका प्र.ज यमबहादुर महतको पहल तथा होनड्राई कन्ट्रकसन प्राली नयाँ बानेश्वर १० काठमाडौका म्यानेजर सुशील बस्नेतको सहयोगमा डमि राखिएको हो    ।       राखिएका डमी ट्राफिक प्रहरी बाट सवारी चालकलाई मात्र होईन पैदलयात्रीलाई समेत ट्राफिक नियमबारे सचेत गराउन सघाउ पुग्ने बिश्वास गरेको ,पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना जगाउने, लेन अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्नु प्रमुख उद्देश्य रहेको अस्थाई ट्राफिक पोस्ट ठाडाका प्र.ज यमबहादुर महतले जानकारी दिनु भएको छ।
डमी ट्राफिक प्रहरीका हातमा ट्राफिक नियम उलंघन गरेमा १०,००० जरिवाना भन्ने सन्देश समेत लेखिएको छ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी अर्घाखाँचीका कार्यलय प्रमुख प्र.ना .नि प्रबिण आचार्य ,इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेत ,सितगंगा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ भुसाल ,वडा ४का वडा अध्यक्ष दामोदर अधिकारी ,समाजसेवि पत्रकार हलिम खाँन लगायतको उपस्थिति रहेको थियो ।
यसर डमी ट्राफिक राख्दा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव चालकमा पर्ने हुँदा दुर्घटना कम हुने ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको भनाई रहेको छ । ट्राफिक नियम पालन गराउन सधैं सडकमा खटिरहने ट्राफिक प्रहरीहरुले पैसाको चिट मात्रै काट्दैन नागरिकको सुरक्षमा पनि उत्तिकै जिम्मेवार हुन्छन भन्ने शन्देश दिनको लागि सेवामा कार्यरत ट्राफिकको डमी बनाएर राखिएको प्रहरीको भनाई छ ।