काठमाडौं । सरकारले ल्याउन लागेको २ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप भोलि (आइतबार) आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत उक्त परिमाणको खोप आइतबार काठमाडौं आइपुग्ने जानकारी दिनुभयो ।
युनिसेफ फर एभ्री चाइल्ड र विश्व स्वास्थ्य संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताउनुभयो ।
चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उहाँले जानकारी दिनुभयो । इमेज च्यानलमा समाचार छ ।