ठाडाको सानादहमा बेल्बासे जागरण समाजकाे दाेस्राे साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा हुम बहादुर बेल्बासे चयन

अराज बेल्बासे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको ठाडामा बेल्बासे जागरण समाजकाे दाेस्राे साधारण सभा तथा अधिवेशन सम्पन्न सम्पन्न भएकाे छ । 
शितगंगा नगरपालिका ४ ठाडाको सानादहमा सम्पन्न साधारण सभाले  हुम बहादुर बेल्बासेकाे अध्यक्षतामा   १९    सदस्यिय नया कार्यसमिति चयन गरेकाे छ । जसकाे उपाध्यक्षमा नरेन्द्र बेल्बासे ,भेषराज बेल्बासे , सचिवमा केदार बेल्बासे काेषाध्यक्षमा बिष्णु बेल्बासे सहसचिवमा दिपक बेल्बासे चयन हुनु भएकाे छ । 
यस्तै सदस्यमा घनश्याम बेल्बासे, भेषराज बेल्बासे,चन्द्रमणि बेल्बासे,रेणु बेल्बासे,अर्जुन बेल्बासे,हिमालय बेल्बासे,दुर्गा प्रसाद बेल्बासे ,गणेश बेल्बासे,टाेप नारायण बेल्बासे,देबि प्रसाद बेल्बासे ,प्रेम नारायण बेल्बासे,हिमलाल बेल्बासे,मात्रिका  बेल्बासे ,सालिक राम बेल्बासे  सदस्यमा रहनु भएकाे कार्यक्रममा दिवंगत बेलबासे बंसका फाेटाे हरु समेत प्रकाशित गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै सुरथ बेल्बासे पुर्खाले पुराएकाे याेगदान  त्यागकाे सम्मान गर्न अहिलेकाे पुस्था पछि पर्न नहुनेमा जाेड दिनु भयाे अहमताले गर्दा पुर्खाका बिरासत भुल्दै गएकाेले पनि पुर्खाकाे ईतिहास मेटिन नदिन सबैले पबित्र अात्माले चिन्तन गर्नु पर्ने समय अाएकाे बताउनु भयाे ।
पुर्खाहरुले समाजसेवा बाट पुराएकाे उपलब्धिकाे रक्षा गर्दै त्यसता कार्यक्रम सञ्चालन गरि प्राथमिकता दिनु पर्नेमा जाेड दिनु भयाे ।
 
साधारण सभामा विभिन्न स्थानका ८० बर्ष माथीका वृद्धहरुलाइ सम्मान गरिएकाे छ । भेलाले हरेक बर्ष माघ २७ गते  वशावली दिवस  बनाउने , २०७८ सालकाे वंशज क्यालेन्डर निर्माण लगायतका कार्य गर्ने निर्णय गरेकाे सचिव केदार बेल्बासेले जानकारी दिनु भयाे ।

अन्य समाचारहरु