अर्घाखाँचीडट्कम संवाददाता
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घामा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाको दलित बस्तीमा मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तरगत १०६ घर धुरिलाई बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको हो ।
बाख्रा श्री मालारानी महिला बाख्रा पालन समिति खनदहको अधेरीपोखरीबाट ६३ वटा बाख्रा खरिद गरि मालारानीदेखि अर्घामा लिई २१ जनालाई ३ वटा बाख्राका दरले ६३ वटा बाख्रा बितरण गरि बाख्रा बितरण कार्यक्रमको सुरुवात गरिएको छ ।
यस कार्यक्रम बितरणको लागि सुरक्षाकर्मीको साथमा शान्त बाताबरणमा हौसला पुर्बक उपभोक्तहरुलाई गोला प्रथाको आधारमा बाख्रा उपभोक्त समितिका अध्यक्ष श्री ठाकुर गन्धर्व , समाजसेबी बल बहादुर रायमाझी र सुरक्षाकर्मीका असाई साब मान बहादुर थापाले बाख्रा हस्तान्तरण गरि बाख्रा बितरण कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।