उपल्लो ढाकावाङको ओद्दावारीका हिमलाल विक १८ वर्षपछि घरमा पानीको धारा आएपछि खुशी

जितेन्द्र खत्री 
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङको ओद्दावारीका हिमलाल विकले १८ वर्षपछि आफ्नै घरमा पानीको धारा आएपछि खुशी भएका छन् । 
उपल्लो ढाकावाङ्गका ओद्दावारीका हिमलाल विक १८ वर्ष अगाडि यहाँ बसाई सरेर आएका थिए । करिव १ किलाेमिटर टाढाबाट डाेकाेमा खानेपानी बाेकी गुजारा चलाउदै आएका भएका हिमलाल १८ बर्षपछि घरकाे आगनमा पानी आएपछि खुशी भएका छन् । 
उता देविकास्थान झाकृसाला टाेल बिकास संस्था उपल्लो ढाकावाङ्गकाे पहलमा तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय पाल्पाको सहयाेगमा छहरा, दमै,लापट, सिमलकारुख खानेपानि याेजना सफल भएको हो । 
करिव ३ किलोमिटर टाढाकाे दुरिबाट लिएकाे खानेपानी सम्पन्न गरेकाेमा यसबाट करिव ७० घरदुरि लाभान्वित हुने छन् ।    
 
खानेपानी अहिले झाकृपुन्निकाे पाेखरीमा ल्याईएकाे छ । यहाँ पानी ल्याउन १० दिनकाे लागेको हो । यस ठाउँमा ट्याङ्की बनाउने र नुहाउने र कपडा धुने ठाउँ बनाइने छ ।