ठाडामा नगर स्तरीय अस्थायी करार शिक्षकहरूको भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडामा नगर स्तरीय अस्थायी करार शिक्षकहरूको भेला सम्पन्न भएको छ । 
अस्थायी करार शिक्षक समिति शितगंगाको नगर भेलाले ९ सदस्यीय छुट अस्थायी करार शिक्षक समिति गठन गरेको हो ।
भेलाले सर्वसम्मत पुन: गणेश बेल्बासे संगमलाई अस्थायी करार शिक्षक समिति शितगंगाको अध्यक्षमा चयन गरेको छ ।
त्यस्तै महिला उपाध्यक्षमा बसन्ता भुसाल, सचिवमा गिरीराज पौडेल, सहसचिवमा धन बहादुर दर्लामी, कोषाध्यक्षमा विष्णु पाण्डे, सदस्यमा सन्तोष पोख्रेल, सरस्वती अधिकारी, बिन्दु अधिकारी रहनु भएकाे छ ।
भेलामा जिल्लाका उपाध्यक्ष धनिश्वर पौडेलरामले केन्द्रमा भएका उपलब्धीका विषयमा जानकारी गराउनु भयो । छुट अस्थायी करार शिक्षकको मागहरुको सम्बोधन गर्न केन्द्रमा पहल भईरहेको उहाँले बताउनु भयो ।
जिल्ला समितिको आव्हान अनुसार बसेको पालिका स्तरीयमा भेलाले आगामी योजनाका विषयमा शिक्षकबाट सहयाेग संकलन गर्ने निर्णय भए बमोजिम संकलनको कार्य बढेको छ ।
त्यस्तै प्रत्येक शिक्षकबाट सहयोग शुल्क संकलन गरी राष्ट्रिय वाणिज्य बैंक ठाडा शाखामा खाता खोल्ने निर्णय गरेको छ ।
त्यस्तै सुचना आदान प्रदानका लागि वडा स्तरीय संयोजक समेत चयन गरेको छ । जसमा वडा नं. १ र २ मा सरस्वती अधिकारी, वडा नं. ३, ४ र ५ को विष्णु माया गैरे, वडा नं. ५ र ६ को राम प्रसाद भुसाल, वडा नं. ७ र ८ को मिना राना, वडा नं. ९ को मधु भण्डारी, वडा नं. १० को मिरा थापा, वडा नं. ११ को गणेश आले, वडा नं. १३ र १४ को धन बहादुर दलार्मीलाई चयन गरेको छ ।
सरकारले २०७२ असोज २ गते पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट विमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने समितिको निष्कर्ष रहेको छ ।

अन्य समाचारहरु