प्रचण्ड-माधव समूहद्वारा प्रतिनिधि सभाको पहिलो बैठक बहिष्कार

काठमाडौं– नेकपा प्रचण्ड माधव समूहले प्रतिनिधि सभाको पहिलो बैठक बहिष्कार गरेको छ ।
सरकारले ल्याएको अध्यादेश पहिलो बैठकमा प्रस्तुत गर्ने कार्यसूची ल्याएकोमा विरोध जनाउँदै प्रचण्ड माधव समूहले बैठक बहिष्कार गरेको हो । नेता भीम रावलले कार्यसूचीबाट अध्यादेश प्रस्तुत गर्ने विषय हटाउन माग गर्नुभएको थियो ।
रावलको मागमा नेकपा सांसद खगराज अधिकारीले आपत्ति जनाउनुभएको थियो ।
सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै अध्यादेश जारी गर्नुपर्ने कानूनी बाध्यता बुझिदिन आग्रह गर्नुभएको थियो । तर, प्रचण्ड माधव समूह बाहिरिएको थियो ।
त्यसपछि पनि बैठक सुचारु रह्यो । नेपाल टि.भी मा समाचार छ ।