अर्घाखाँचीमा हिन्दु जागरण युवाद्वारा संगठन बिस्तार गर्दै, केरुङ्गाको अमराईमा १९ सदस्यीय समिति गठन

अर्घाखाँचीडट्कम संवाददाता 
केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा धर्म संस्कृतिको रक्षा राष्ट्रको सुरक्षा गर्ने भन्दै हिन्दु जागरण युवाले संगठन बिस्तार गर्दै हिंडेका छन् । 
धर्म संस्कृतिको रक्षा राष्ट्रको सुरक्षा, हिन्दुधर्म रक्षा परिषद नेपाल अन्तर्गत हिन्दु जागरण युबा स्वयंसेबक हरुको वैदिक सनातन धर्म सम्बन्धि जानकारी मुलक प्रशिक्षण र जागरण अभियानको लागि संगठन बिस्तार हुने क्रममा छत्रदेब गाउँपालिका  वार्ड नं ४ केरुङ्गाको अमराईमा पं ज्यो नबिन पौडेलको प्रमुख आतिथ्यमा १९ सदस्यीय समिति गठन भएको छ ।   
जसको अध्यक्षमा रबिलाल पन्थि उपाध्यक्षमा भोलानाथ खनाल सचिबमा कृष्ण प्रसाद पौडेल सह-सचिबमा तिलकराम पराजुली र कोषाध्यक्षमा मिरा भुसाल चयन हुनु भएको छ। 
त्यस्तै गरी  मालारानी गाउपालिका वडा नं ३ खन दहमा पं भेषराज चँदालीको प्रमुख आतिथ्य र पं पुरुषोत्तम पौडेलको अतिथ्यमा २१ सदस्यिय समिति गठन भयो। जसको अध्यक्षमा नाम प्रसाद पोख्रेल उपाध्यक्षमा टिकाराम खनाल सचिबमा मेघराज खनाल सह-सचिबमा कल्पना पोख्रेल र कोषाध्यक्षमा जिबलाल गिरी चयन हुनु भएको छ।

अन्य समाचारहरु