काठमाडौँ- शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको छ।
विप्लवको सुरक्षा चुनौती मध्यनजर गर्दै उनलाई नजिकैबाट सुरक्षा दिन थालिएको काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले जानकारी दिए। सरकार र नेकपाबीच सहमती भएपछि विप्लव शुक्रबार सार्वजनिक भएका थिए।
त्यसै दिन काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा विप्लव समूह र सरकारबीच सहमती पत्रमा हस्ताक्षर भएको थियो।
त्यसअघि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै उसका नेता कार्यकर्ताविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिने निर्णय पनि गरेको थियो। विप्लव सामाखुसीमा बस्दै आएका छन्। देशसन्चारमा समाचार छ ।