अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना मुक्त अर्घाखाँची जिल्लामा आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउन शुरु भएको छ । जिल्लाभर उत्साहजनक सहभागिता भएको छ । तर आज पहिलो दिन जिल्लाभर के-कतिले खोप लगाए संख्या एकिन भएको छैन् ।
पहिलो र दोस्रो चरणको कोभिड– १९ विरुद्धको खोप अभियान सफल भएसँगै आज आईतबारबाट दोस्रो चरणको खोप अभियान शुरु भएको हो । जिल्ला अस्पताल अर्घाखाँची लगायत जिल्लाभर स्वास्थ्य चौकीमा यो अभियान बीस दिनसम्म चल्ने छ ।
जिल्लामा अब सार्वजनिक यातायातका चालक, सहचालक तथा क्याम्पस र विद्यालयका शिक्षक, ६५ वर्षमाथिका नागरिकलाई भोली फागुन २३ गतेबाट कोरोना विरुद्धको खोप लगाइएको छ ।
सरकारको निर्णयअनुसार क्याम्पस र विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक बसका चालक र सहचालकलाई खोप दिईएको छ ।
यस्तै जिल्लामा स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, प्रहरी, सार्वजनिक संस्थान, बैंकका कर्मचारी, बिद्धुत टेलिकम, पत्रकारहरुले खोप लगाई सकेका छन् ।
उता जिल्लामा पहिले १३७८ जना र दोस्रो पटक १८६० जनाले कोरोना खोप लगाएका छन् । जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बिकले अर्घाखाँचीडट्कमलाई बताए अनुसार अर्घाखाँचीमा फाल्गुन १६ सोमबारबाट पहिलो चरणको खोप सम्पन्न भएको थियो ।
अर्घाखाँची जिल्ला कोरोना मुक्त
अर्घाखाँची जिल्ला कोरोना मुक्त भएको छ । जिल्लाभरका सन्धिखर्क, शितगंगा, भूमिकास्थान, मालारानी, छत्रदेव र पाणिनी कोरोना मुक्त भएका हुन् । जिल्लाका सबै पालिकामा संक्रमितको संख्या शुन्य रहेको छ ।
उता जिल्लामा आजसम्म संक्रमितको संख्या ८०१ जना पुगेको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ३८१ जना, शितगंगा नगरपालिकामा १०८, भूमिकास्थान नगरपालिकामा १३५, मालारानीमा ९०, पाणिनी गाउँपालिकामा ३३ र छत्रदेव गाउँपालिकामा ५४ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ७८८ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३७४ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३२, मालारानीमा ८९, पाणिनी गाउँपालिकामा ३१ र छत्रदेव गाउँपालिकामा ५४ जनाले कोरोनालाई जितेका हुन् ।
अर्घाखाँचीडट्कमको विवरण अनुसार जिल्लामा कोरोनाका कारण १४ जनाको निधन भएको छ ।
आईतबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै अर्घाखाँचीमा पछिल्लो समय कोरोनाभाइरस परीक्षण गर्नेहरुको संख्यामा पनि कमी आएको बताइएको थियो ।