उषा पाैडेल
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका स्थित ठाडामा ६५ वर्ष भन्दा माथि का जेष्ठ नागरिक हरुले आज दोस्रो चरणमा कोरोना बिरुद्धको खोप लगाएका छन् ।
शितगंगा नगरपालिको स्वास्थ्य खोप केन्द्र ठाडा मा ५३ जना महिला र ७७ जना पुरुष गरि जम्मा १३० जनाले खाप लगाएका हुन् ।
यस्तै सुवर्णखालको स्वास्थ्य खोप केन्द्रमा ४२ जना महिला र ४८ जना पुरुष गरि जम्मा ९० जना सितापुर स्वास्थ्य खोप केन्द मा ५५ जना महिला र ६५ जना पुरुष गरि जम्मा १२० जना जुकेना स्वास्थ्य खोप केन्द मा ५८ जना महिला र ८२ जना पुरुष गरि जम्मा १४० जना सिद्धारा स्वास्थ्य खोप केन्द मा ४५ जना महिला र ४५ जना पुरुष गरि जम्मा ९० जना जलुके स्वास्थ्य खोप केन्द मा ३३ जना महिला र ३७ जना पुरुष गरि जम्मा ७० जना र सिमलपानि स्वास्थ्य खोप केन्द मा ४६ जना महिला र ५४ जना पुरुष गरि जम्मा १०० जना ले खोप लगाएका छन् ।
महिला ३३२ जना र पुरुष ४०८ जना गरि जम्मा ७४० जनाले आज खोप लगाएका हुन खोप लगाएकाहरु सम्पर्कमा रहेको र कुनै नकारात्मक असर अहिले सम्म नरहेको स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले जानकारि दिनुभयो। खोप लगाए पछि ज्वरो आउने टाउको दुख्ने जस्ता लक्षण देखिन सक्ने भएकोले नआत्तिन डाक्टरहरुले सुझाव दिएका छन । अन्य स्वास्थ समस्या हुन सक्ने भन्दै अस्पतालमा चिकित्सक सहित उपचारको ब्यवस्थापन सहित तयारी गरिए पनि खोप लगाउनेहरुमा कुनै समस्या नआएको स्वास्थ्य शाखाले जनाएको छ ।