केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपालमा कोभिड बिरुद्धको खोप तेस्रो चरणमा पुगेको छ । यसै सन्दर्भमा अर्घाखाँचीमा पनि तेस्रो चरणको खोप अभियान फागुन २३ गतेबाट चलिरहेको छ । तेस्रो चरण अन्तर्गत ६५ बर्ष माथिका वृद्ध नागारिकहरुलाइ खोप लगाउने क्रम चलिरहेको छ ।
अर्घाखाँचीमा खोप अभियान चलिरहदा बृद्ध अवस्थाका नागरिकहरु लाई सहज होस् भन्ने मनसायले सन्धिखर्क नगरपालिका वार्ड १२ का वार्ड अध्यक्ष नारायण खड्काले आफ्नै ब्यक्तिगत खर्चमा वार्ड भरका बृद्ध अबश्थाका नागरिकहरुलाई जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइ खोप लगाउने ब्यबस्था मिलाएका छन् ।
वार्ड भरका कुल १४० बढी बृद्ध बृद्धाहरुलाई अध्यक्ष खड्काले आफ्नै खर्चमा यतायात ब्यबस्था गरि अस्पतालमा ल्याइपुर्याएका हुन । तीन वटा हाइसहरु दुई राउन्ड गरि बृद्ध बृद्धाहरुलाई जिल्ला अस्पतालमा ल्याइएको थियो ।
वार्ड अध्यक्षले यसरी एकै पटक सबै बृद्ध बृद्धाहरुलाई खोप लगाउने बाताबरण मिलाएकोमा बृद्ध बृद्धाहरुले खुशी प्रकट गर्दै धन्यबाद दिएका छन् ।