बाँगीको शान्ति माविमा कक्षा १२ द्धारा ११ लाई स्वागत कार्यक्रम सम्पन्न (तस्बिर सहित)

जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५, बाँगी आरुखोर अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थी मिसन बस्नेत को अध्यक्षता तथा विद्यालयका प्र.अ. मान बहादुर पाण्डेको प्रमुख आतिथ्यता र विद्यालयका सहायक प्र.अ. माधव प्रसाद पन्थी, तारा प्रसाद भुसालको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । जसमा विपना भुसाल, रीता वि.क. सुदिप कुँवर, आशिका टण्डन, अस्मिता खत्री समेतको गित र नृत्य प्रस्तुतीले कार्यक्रममा रोचकता थपेको थियो ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा विद्यालयका प्र.अ. मान बहादुर पाण्डेले कक्षा १२ का विद्यार्थीहरुले उक्त स्वागत कार्यक्रम आयोजना गरेको हुदा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीको आन्तरिक क्षमना वृद्धि गर्नुका साथै विद्यार्थीहरु विच मित्रता, बिचार आदान प्रदानका साथ साथै सद्भाव अभिवृद्धी गर्ने काम भएको बताउनु भएको थियो ।  कक्षा यहाँ अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको लागि लागि पर्नु पर्ने र विद्यार्थीले पनि विद्यालयको गुणस्तर कायम राख्न सहयोग गर्नुपर्ने बताउनु भएको थियो । त्यस्तै प्र.अ. पाण्डेले आज १११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरुलाई नारी दिवसको शुभकामना समेत व्यक्त गर्नु भएको थियो । 
कार्यक्रममा विद्यालयका प्राविधिक धार तर्फका संयोजक इन्जिनियर जिवन खनाल, शिक्षकहरु छविलाल घिमिरे, अशोक पौडेल, झविन्द्र खड्का, बसन्त खड्का, मुनाल खड्का,प्रदिप भुसाल प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फका प्रशिक्षक विकास कुँवर लगाएत अन्य शिक्षक शिक्षिका हरुको उपस्थिति रहेको थियो ।
कक्षा १२ का छात्र सुदिप कुँवरको स्वागत मन्तव्य र कक्षा १२ मा अध्ययनरत छात्रा सचिना खनालको संचालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फका सहायक प्रशिक्षक जय बहादुर रोकायले जानकारी दिनुभयो ।