भूमिकास्थान नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि १११औं नारी दिवस मनाइयो (तस्बिर सहित)

बिनोद गैरे 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि १११औं नारी दिवस मनाइएको छ । 
कार्यक्रमको  भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले व्यानर वाचन गरि उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख थापाले महिला हिंसाको अन्त्य नभएसम्म नेपाली समाज सभ्य र सुरक्षित बन्न नसक्ने वताउनुभएको थियो । 
नगर उप–प्रमुख खडानन्द बेल्वासेले पछिल्लो समय देशका बिभिन्न स्थानहरुका भएका महिला हिंसाका घटनाहरुले स्तब्ध बनाएको उल्लेख गर्दै अव महिलामाथीका हरेक हिंसा अन्त्य गर्न सबैको सामुहिक प्रयासवाट मात्र सम्भव भएको हुँदा यस सवालमा सबैजनाको ऐक्यवद्धताको  खाँचो भएको वताउनु भएको छ । 
प्रमुख प्रशासकीय अधिकृत लिला वहादुर राउत क्षेत्रीले हाम्रो समाजमा दिनानुदिन महिलामाथि हुने गरेका हरेक किसिमका हिंसाहरु समाज परिवर्तनका वाधक भएको उल्लेख गर्दै महिलाहरुको हक अधिकार र सुरक्षितताको सवालमा भूमिकास्थान नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि विशेष कार्यक्रमहरु संचालन गरिने वताउनु भएको छ ।
नगरपालिकाले नारी दिवसको अवसरमा कुर्चि दौड प्रतियोगिताको पनि आयोजना गरेको थियो । कुर्चि दौड प्रतियोगितामा ४० जना महिलाहरुको सहभागीता भएको थियो ।  प्रतियोगितामा प्रेमा श्रेष्ठ प्रथम कल्पना आचार्य द्वितीय लक्ष्मी सिहं ठकुरी तृतीय र झरना श्रेष्ठले सान्त्वना स्थान हासिल गर्नु भएको थियो । कुर्ची दौड प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिहरुलाई करुवा तथा प्रमाण–पत्रले सम्मान गरिएको थियो । 
कार्यक्रममा भूमिकास्थान नगरपालिकाका ने.क.पाका प्रतिनिधि झुपलाल खनाल, नेपाली कांग्रेसका भूमिकास्थान नगरपालिकाका सभापति अशोक श्रेष्ठ,  सुआहाराकी हिरा पन्थी,  नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरे लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नगर स्तरीय महिला संजालका उपाध्यक्ष आशा के.सीको अध्यक्षता, महिला बिकास निरिक्षक शान्ता आचार्यको स्वागत र मायाँ रायमाझीको संचालनमा सम्पन्न भएको थियो ।