अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको रजियामा बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
ठाडाको रजियामा मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम मार्फत शितगंगा नगरपालिका आयोजनामा बाख्रा वितरण कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
बाख्रा वितरण कार्यक्रममा वार्ड भित्र रहेका पहिरो पीडित अपांग अतिबिपन्न एकल महिलालाई १४१ वटा बाख्रा वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, नगर प्रमुख सूर्यप्रसाद अधिकारी, वडाअध्यक्ष बाबुराम गैरे लगायतको उपस्थिती रहेको थियो