सन्धिखर्कमा ज्योती लाइफ इन्स्योरेन्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मनिसा घिमिरे / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ज्योती लाइफ इन्स्योरेन्स अर्घाखाँचीको एजेन्सी पुनर्ताजगी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा  प्रमुख प्रशिक्षक को रुपमा इन्स्योरेन्सका क्षेत्रीय प्रमुख  चरणदास तिमिल्सिनाले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो ।
सेल्स एक्जुकेटिभ अम्बिका श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सन्चालन  शाखा प्रमुख कृष्ण प्रसाद खनालले गर्नु भएको थियो