२०७७ फाल्गुन २४, सोमवार मा प्रकासित
शोभाखर पन्थी
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।
पालिकाले चेतना अभिबृद्धि,रचनात्मक क्रियाकलाप र प्रवचन कार्यक्रमको आयोजना गरि पालिकाका विभिन्न वडामा १ सय ११ औं महिला दिवस मनाएको हो ।
यसैबीच गाउँपालिका स्तरीय महिला सञ्जालको आयोजनामा खनदह स्थित पालिकाको सभाहलमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले लैङ्गीक बिभेदको अन्त्य र सामाजिक न्यायको निम्ति सबै महिलाहरू एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले महिला अधिकार व्यबहारमा लागुहुन नसकेको भन्दै चनाखो भई आफ्नो अधिकार सुनिश्चितताको लागि महिला नेतृहरुको ध्यानाकर्षण गराउनु भयो ।
मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले महिला अधिकार सुनिश्चितताको निम्ति पालिकाले बिशेष कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले महिलाहरु लाई आर्थिक,सामाजिक र राजनितीक रुपमा सक्षम बनाउने तयारीमा लागेको दाबी भयो ।
गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले सामाजिक अपराधको रुपमा रहेको लैङ्गीक विभेदको अन्त्यको निम्ति चेतना अभिवृद्धि र कानुनी उपचारलाई एकसाथ लैजानु पर्ने बताउनुभयो ।
महिला सञ्जालका अध्यक्ष सिर्जना भुसालको अध्यक्षता,सरस्वता खनालको स्वागत मन्तव्य र कोषाध्यक्ष रोमा खनालको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री ,जिल्ला कार्यालय सदस्य द्वय जनार्दन खनाल ,पिताम्वर भुसाल ,युवा परिषद्का जिल्ला अध्यक्ष लिला बि.क.,मालारानी गाउँपालिका वडा नं. ३ का अध्यक्ष शोभाखर खनाल ,४ का अध्यक्ष विष्णु पोख्रेल ,८ का अध्यक्ष नरेन्द्र बस्नेत ,महिला नेतृ पुतला खनाल ,यु.यान अफ.पि.ए का अधिकृत सुजाता सुब्बा,SSDC का श्रीधर पोख्रेल ,सुहाराका चन्द्रबहादुर पाण्डे ,राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवाली,महिला नेतृ पुतला खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै महिला सशक्तीकरणको पक्षमा जोडिदनुभयो ।
कार्यक्रममा महिला नेतृ दिपा पोख्रेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।