अर्घाखाँचीमा नेकपा कार्यालयलाई एमालेमा परिणत, बोर्ड फेरियो (भिडियो, फोटो फिचर)

केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको साविक नेकपाको मदन आश्रित स्मृति भवन पार्टी कार्यालयलाई नेकपा एमाले कार्यालयमा परिणत भएको छ ।
सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि सन्धिखर्कमा रहेको साविक नेकपाको मदन आश्रित स्मृति भबन पार्टी कार्यालयलाई नेकपा एमाले कार्यालयमा परिणत गरिएको हो ।
अर्घाखाँचीमा पनि  एमाले अन्तरगत ओली पक्षधर नेता कार्यकर्ताहरु थप उत्साहित देखिएका छन । यसै अबसरमा आज मदन आश्रित स्मृति भवन सन्धिखर्कमा उत्साह र उमगं सहित एमालेको साइन बोर्ड राखिएको हो । पार्टी एकता पुर्व ए .मा .ले .कै कार्यालय रहेको उक्त भवन एकीकरण पछि भने ने .क.पा. कार्यालयमा परिणत भएको थियो ।
पार्टी कार्यालय पुनर्स्थापना कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्यले कम्युनिस्ट आन्दोलन बचाउन के. पि. ओलिको जति योगदान कसैको नरहेको दावी गरे ।बिस्वास गरिएका अन्य नेताहरुबाट जतिसुकै धोका र षड्यन्त्र भएतापनी ओलीको कुशल नेतृत्वको कारण कम्युनिस्ट आन्दोलन क्षतबिक्षत हुन बाट बचेको दावी गरे ।पार्टीका जिल्ला अध्यक्ष समेत रहेका आचार्यले आफ्नो पार्टी सिध्याउन अनेक रुपमा घुसपैठ हुनसक्ने र भित्रिन सक्ने भन्दै सचेत र सजग रहन कार्यकर्ताहरुलाइ अपिल गरे ।
अहिलेको एमाले पुरानो एमाले नभएर एकताको पार्टी भएको भन्दै आचार्यले थप एकताबद्द , एकीकृत र संयम भएर लाग्नुपर्ने निर्देशन दिए ।उनले पुर्व माओबादिहरु पनि एता आएको भन्दै  सबै मिलेर लाग्नुपर्ने उल्लेख गरे ।
पुर्व माओबादी नेता टोपबहादुर रायमाझीको खुलेर प्रशंसा गर्दै  आचार्यले उनलाइ शिर्षस्थ नेता मान्न तयार रहेको बताए । नेता रायमाझी र चन्द्रबहादुर खड्का पद छोड्न तयार रहेको तर ओलिको नेतृत्व छोड्न नसक्ने खुलेर बताइसकेको भन्दै आचार्यले कसैलाइ भ्रममा नपर्न अनुरोध गरे ।
यस्तै  कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद रामजी प्रसाद घिमिरेले जनयुद्दमा भुमिका खेलेका नेताहरु पनि यहि पार्टीमा रहेको भन्दै अब मिलेर सगसगैं अगाडि बढनु बताए । उनले टोपबहादुर रायमाझि माओबादि धार छोडेर एमालेमै रहेको भन्दै अब रायमाझि सगैं बर्षौं राजनिती गर्ने उद्घोष गरे ।   सो अबसरमा एमाले कार्यकर्ताहरुले पार्टी कार्यालयमा नाचगान  र अबिर जात्रा  गरि खुशी साटासाट गरेका थिए ।
फोटो: बसन्त श्रेष्ठ