काठमाडौं । नेकपा (एमाले)की नेतृ एवं राष्ट्रिय सभा सदस्य कोमल ओलीले आफ्नै पार्टीका नेता रघुजी पन्त विरुद्ध मुद्दा दायर गर्नुभएको छ । कानुनविद्सँगको परामर्शपछि मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर उहाँले गाली बेइज्जतीको मुद्दा दर्ता गर्नुभएको हो ।
पन्तले आफूविरुद्ध अभिव्यक्त गरेको विचारले मानसम्मानमा चोट पुगेकाले मुद्दा दर्ता गरेको ओलीले बताउनुभयो । ‘म आफैँले न्यायको लागि बोल्न सकिन भने, मैले कसरी जनताको न्यायको बारेमा बोलौंला,’ उहाँले भन्नुभयो, ‘यो मेरा लागि बाध्यात्मक विषय पनि हो ।’
ओलीविरुद्ध रघुजी पन्तले पिडौंला देखाएर राष्ट्रिय सभा सांसद र पार्टीको केन्द्रीय सदस्य बनेको आरोप लगाउनुभएको थियो । सार्वजनिक सञ्चारमाध्यममा वलीको पक्षमा जनतमा बढ्दै गएर आफ्नो आलोचना हुन थालेपछि पन्तले सार्वजनिक रुपमै माफी समेत माग्नुभएको थियो ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गर्नुभएको हो । ओलीको लगाएको आरोप पुष्टि भएमा पन्त मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।
तर, ओलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरेकी छन् । वलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग गरेकी छन् । इमेजच्यानलमा समाचार छ ।