अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा उद्यमशीलता तथा वित्तिय साक्षरता सम्बन्धी १४ दिने तालिमकाे समापन भएको छ ।
मालारानी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तिय साक्षरता सम्बन्धी १४ दिने तालिमकाे मंगलवार समापन भएको हो ।
कार्यक्रममा पालिका अध्यक्ष बालकृष्ण आचार्य, उपप्रमुख प्रमिला छेत्री लगायतको उपस्थिती रहेको थियो । उता मालारानी गाउँपालिकाले बैदेशिक रोजगारीमा गएर गाउँ फर्केका युवाहरूलाई गाउँमै उद्यमशिल बनाउन तालिम र बिना धितो १० लाख रुपैयासम्म सहुलीयत कर्जा उपलब्ध गराएको छ ।
उद्यम गर्ने युबाहरुलाई व्यबसाय सञ्चालन गरि सकेपछि आम्दानी खर्च कसरी राख्ने , बजारको व्यबस्थापन कसरी गर्ने भन्ने बिषयमा पालिकाले अहिले दुई चरणमा गरि ७० जना युबाहरुलाई उद्यमशिलता र बितिय साझरता सम्बन्धी तालिम सञ्चालन गरिएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
युबाहरुमा भएको सिप , श्रम र पसिना आफनै गाउँमा बगाउनेहो भने सम्बृद्ध मालारानी बनाउन धेरौ समय नलाग्ने आचार्यले बताउनु भयो । पालिकाले उद्यम गर्न चाहनेहरुको लागी कृषि बिकाश बैक संग समझौता गरि पालिका जमानत बसेर व्यबसायको प्रकृति हेरी १० लाख रुपैया सम्म बिना धितो शहुलियत कर्जा प्रबाह गरेको छ ।
अहिले उद्यमशिलता तालिम लिएका युबाहरुको लागी एनएमबी बैकं संगको सहकार्यमा ४ प्रतिशत व्याजमा बिना धितो १० लाख रुपैया सम्म कर्जा उपलब्ध गराउने पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो ।
उक्त तालिम राष्ट्रिय युबा परिषद , रिर्टनी माईग्रेन , एन एमबि बैक संग पालिकाले सहकार्य गरि सञ्चालन गरेको पालिकाका सूचना अधिकारी नेत्र खनालले जानकारी दिनु भयो ।