अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा दोस्रो चरणको अभियानमा १०४१ जनाले कोरोना खोप लगाएका छन् ।
मालारानी गाउँ पालिकामा यहि फागुन २३ र २४ गते सन्चालन भएको दोस्रो चरणको अभियानमा १०४१ जनाले कोरोना खोप लगाएका हुन् ।
जसमा वार्ड नं . १ र २ मा २०९ जना, वार्ड नं. ३ मा १३४ जना, वार्ड नं . ४ मा १३७ जना, वार्ड नं . ५ मा १४४ जना, वार्ड नं . ६ , ७ र ८ मा ३१६ जना, वार्ड नं . ९ मा १०१ जना गरी १०४१ जना खोप लगाएका हुन् ।