अर्घाखाँची अस्पतालमा सेवा बिस्तार, थायराइड जाँच लगायत अत्याधुनिक डिजिटल प्रणाली जडान

दिपक भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको एक मात्र सरकारी अस्पतालले सेवा बिस्तार  गरेको छ ।
अर्घाखाँची जिल्ला अस्पतालले मंगलवारदेखि थायराइड जाँचको लागि टिएफटी मसिन जडान गरि सेवा बिस्तार  गरेको हो । 
यस्तै अस्पतालले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार टिएफटी मसिन सहित भिटामिन डि, भिटामिन १२, विभिन्न हर्मोन, क्यान्सर जाँच लगायतको सेवा विस्तार गरेको छ ।  साथै यहाँ अब केही समयमा कल्चर सेवा पनि शुरुवात गर्ने तयारी गरेको छ । 
अर्घाखाँची जिल्ला अस्पताल प्रमुख डा.कपिल गौतम जिल्लामा आएदेखि यस अस्पतालले मुहार फेरेको छ । 
अस्पतालले केही समयदेखि स्चालित टकिङ्ग मसिन जडान गरि सेवा बिस्तार  गरेको छ । जिल्ला अस्पताल अर्घाखाँचीले सेवा सुबिधालाई चुस्त दुरुस्त  सेवा प्रदान गर्नको लागि डिजिटल  मेसिनका साथै  अत्याधुनिक बायोमेट्रिक  प्रयोगमा ल्याइएको हो ।
साथै यसअगाडी  जिल्ला अस्पतालमा प्याथोलोजी सेवामा पनि विभिन्न परिक्षण थप गरिने ल्याबटेक्नेसियन राजकुमार बन्जाडेले अर्घाखाँचीडट्कमलाई बताउनुभएको थियो ।  छ । अत्याधुनिक बायोक्यामेस्टिक मेसिन  उपलब्ध हुनु अर्घाखाँचीबासीको लागि गर्भको कुरा हो बन्जाडेले भन्नुभयो ।
प्याथोलोजी सेवामा कल्चर, स्क्प्टाइफर्म, डेगु परिक्षण, लिपिङ्ग प्रोफाइ, मुटु सम्बन्धि परिक्षण, इमर्जेन्सी ब्लड ट्रान्समिसन, थाइराइड टेस्ट, क्षयरोग सम्बन्धि ३ नयाँ टेस्ट थप लगायतका सुबिधा  बिस्तार गरिने छ ।
यसै क्रममा यहाँ दन्त सेवा  पनि लगत्तै सन्चालन गर्ने तयारी भएको अस्पतालका फामेसी बिभागमा कार्यरत रुद्र खनालले डट्कमलाई जानकारी दिनुभयो ।