खिदिमको दुर्गाफाँटमा महिला स्वास्थ्य स्वय‌म्सेविकाको १८ दिने आधारभूत तालिम समापन

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिमको  दुर्गाफाँटमा महिला स्वास्थ्य स्वय‌म्सेविकाको १८ दिने आधारभूत तालिम समापन भएको छ । 
खिदिमको  दुर्गाफाँटमा स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा मंगलबार महिला स्वास्थ्य स्वय‌म्सेविकाको १८ दिने आधारभूत तालिम समापन भएको हो ।
समापन कार्यक्रममा  वडाअध्यक्ष देवी वहादूर क्षत्री, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरे, पाणिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, स्वास्थ्य कार्यालय अर्घाखाँचीका गिता भुसाल लगायतको लगायतको उपस्थिती रहेको थियो ।  तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान सहित सम्मान गरिएको थियो ।  तालिमको धातिवाङ्ग स्वास्थ्य चाैकी ईन्चार्ज मित्रदेव पाैडेल र अडगुरी स्वास्थ्य चाैकी ईन्चार्ज पुनाराम भुसालले सहजीकरण गरेका थिए ।  
 

अन्य समाचारहरु