हंसपुरमा ग्लोबल आईएमई बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवाको शुभारम्भ

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालीका वार्ड नम्बर ६ को हंसपुरमा ग्लोबल आईएमई बैंक लिमिटेड अर्घाखाँचीले शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेको छ । बैंकले हंसपुरको रतनमारेमा सोमबार एक कार्यक्रमको आयोजना गरि शाखा रहित बैंकिङ् सेबाको शुभारम्भ गरेको ग्लोबल आईएमई बैंक अर्घाखाँची शाखा प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिए ।
शाखा रहित कार्यालयको शुभारम्भ गर्दे वडानम्बर ६ का वडाअध्यक्ष नारायण अर्यालले जनताकोलागि सेबा सुबिधा दिन अगाडि बढेको बैंकलाई वडाको तर्फबाट धन्यवाद दिदै आगामि दिनमा बैंकलाई भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सन्धिखर्कमा पाईने सेबा सुबिधाहरू आफ्नै घर आगनमा आएको भन्दै अर्यालले बैंकको पहुँच नपुगेको ठाउँमा शाखा रहित कार्यालयको स्थापनाले सबै जनताहरू हर्षित भएको बताए । अर्यालले बैंकमार्फत सामाजीक सुरक्षा भत्ता वितरण गर्न आफुले पहल गर्ने भन्दै यसको बिकास र संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
बैंकका शाखा प्रबन्धक प्रल्हाद न्यौपानेको अध्यक्षता, स्थानिय लालु रानाको स्वागत मनतब्य र डि.बि.रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखा रहित बैंकिङ् सेवा बलकोटका प्रतिनिधि बिष्णु भुसाल, पत्रकार श्याम घिमिरे,स्थानिय बिष्णु पुन लगायतले मनतब्य राख्दै सेबा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा ठुलापोखरा प्रतिनिधि धनिश्वर पाण्डे ,वाङ्ला प्रतिनिधि पशुपति भट्टराई, धनचौर प्रतिनिधि लेखनाथ पाण्डे,हंसपुर प्रतिनिधि भेषबहादुर राना,बैंकका कर्मचारी मदन क्षेत्री,लक्ष्मण मरासीनी, बलराम पाेख्रेल लगायतको उपस्थिति रहेको थियो । अर्घाखाँची जिल्लामा विभिन्न ८ स्थानमा ग्लोलबल आईएमई बैंकले शाखा रहित सेबाको बिस्तार गरेको शाखा प्रबन्धक न्यौपानेले जानकारी दिए ।
जिल्लाको धेरै स्थानबाट सेवा प्रवाह गरीरहेको बैंकले हंसपुरमा शाखा रहित बैंकिङ् सेवाको शुभारम्भ गरेसंगै स्थानियहरु हर्षीत बनेका छन । अर्घाखाँचीमा २० हजार भन्दा धेरै आफ्ना ग्राहक रहेको बैकंले जनाएको छ ।