अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुगेसेरामा पहिराे पिडित एकल महिला अपागहरूलाई बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धाराको ढुगेसेरामा मुख्यमत्रि ग्रामिण बिकाश तथा राेजगार बाख्रा बितरण कार्याक्रम शितगगा नगरपालिकाकाे आयाेजनामा पहिराे पिडित एकल महिला अपागहरूलाई ८८ वटा बाख्रा बितरणा कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिका अन्तरगत वडा नं. १, ११ र १२ बाट छनोट गरी ४८ घर परिवारलाई बाख्रा वितरण गरेको वडा नं. ११ का अध्यक्ष कपिल आलेले बताउनु भयो । नगरपालिकाले लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगबाट बाख्रा वितरण गरेको हो ।
लक्षित वर्ग छनोटका लागि नगरपालिकाले वडा मार्फत छनोट गरेको थियो । छनोट भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको हो । वितरण गरिएको बाख्रा पालनबाट सम्बन्धित परिवारहरूले जिविकोपार्जन गरी राम्रो आम्दानीको श्रोत बनाउन सकुन भन्ने रहेको नगरपालिकाले जनाएको छ ।
बाख्रा वितरण कार्यक्रममा नगरप्रमुख सूर्य प्रसाद अधिकारी, वडाका प्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी, सिद्धारा महिला सहकारी संस्थाका प्रतिनिधी लगाएतको उपस्थिती रहेको बताईएको छ ।