सिमलपानीको पावरमा जीउँदो तौल प्रणाली मार्फत खसी बोकाहरु बिक्री कार्यक्रम सम्पन्न ( फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको बिक्रमसोता पावरमा जीउँदो तौल प्रणाली मार्फत खसी बोकाहरु बिक्री कार्यक्रम सम्पन्न भएको छ ।  
सिमलपानीको बिक्रमसोता पावरमा गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको आयोजनामा  जीउँदो तौल प्रणाली मार्फत खसी बोकाहरु बिक्री कार्यक्रम सम्पन्न भएको हो ।  
सो अवसरमा जीउँदो तौल प्रणाली मार्फत ५४ वटा  खसी बोकाहरु १६३० के.जि.रु ७४७११०/- मा खरिद गरि ७६३४१०/- मा बिक्रि गरिएको थियो ।  साथै ५२ वटा बिउ पाठी  १०९६ के .जि. रु.३८३६००/-मा खरिद गरि ३९४५६०/- मा बिक्रि गरिएको थियो ।
कार्यक्रममा वडाअध्यक्ष दामाेदर न्याैपाने लगायत वार्ड प्रतिनिधिहरु, शितगंगा पशु शाखाबाट गणेश बहादुर  थापा, मेस्डो कपिलवस्तुका दिपक खनाल, नर्मदा  चुदाली लगायतको उपस्थिति रहेको थियो । 

अन्य समाचारहरु