दुर्गाफाँटमा चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सवको पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम सम्पन्न

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँची डट्कम/व्युरो रिपोर्ट ) । चौथो पाणिनी दुर्वाशेश्वर महोत्सवको पुर्व सन्ध्यामा गुफ़ाक्षेत्रमा व्यापक सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
यस्तै पाणिनी पर्यटन समाज अर्घाखाँचीले चौथो पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको तयारी पुरा गरि सकेको छ । राष्ट्रीयख्याति प्राप्त कलाकारहरुको साथ शिवरात्रि पर्व मनाउने योजना वनाएकोपर्यटन समाज ले संस्थागत प्रचार प्रसार,अथिती सम्मान,मन्च व्यावस्थापनलगायतका कार्य लाई अन्तिम चरणमा पुर्याएको छ ।
यस क्रममा शिवरात्रि पर्वको पुर्व सन्ध्यामा दुर्वाशेश्वर गुफा क्षेत्रमा सरसफाईपनि गरिएको छ ।पाणिनी गाँउ पालिका अध्यक्ष अच्युत गौतम,उपाध्यक्ष लक्ष्मीगौतम, खिदिम प्रहरी चौकि प्रमुख सई कलम राना,अर्घाखाँची डटकम् व्युरोप्रमुख डिआरजी सुमन,पाणिनी गाँउ पालिका ५ नं वडा सदस्य पार्वता सुनार, पाणिनी पर्यटन समाज का अध्यक्ष झविन सुनाम,उपाध्यक्ष धुर्व घिमिरे,सचिवकेशव वन्जाडे,कोषाध्यक्ष खिम नेपाली लगायतका पदाधिकारीहरु सहितदुर्गाफाट वाँसीहरुको उपस्थितीमा गुफाक्षेत्र सरसफाई गरिएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा आयोजित कार्यक्रम स्थलमा निःशुल्क प्रवेशकोव्यावस्था गरिएकोले यस पटकको कार्यक्रम व्यापक हुने आयोजकले जनाएकोछ ।
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम् ।

अन्य समाचारहरु