केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्थित आन्तरिक राजश्व कार्यालयमा बर्षौदेखि आय विबरण पेश नगरी रहेका ब्यवसाय तथा फर्म नवीकरण गर्नेहरुको उत्साहजनक सहभागिता देखिएको छ ।
करदाता सेवा कार्यालय अर्घाखाँचीले बिशेष छुट सुबिधा प्रदान गरे सगैं बषौंदेखि बिना नवीकरण राखिएका व्यावसायिक फर्महरु नवीकरण गरि करचुक्ता प्रमाणपत्र लिने तथा प्रक्रिया पुर्याइ ब्याबसाय तथा फर्म बन्द गर्नेको उल्लेख्य वृद्धि भएको छ ।
आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय सन्धिखर्क अर्घाखाँचीले २०७७ फाल्गुन मसान्त सम्म छुट सुबिधा प्रदान गरेको हो ।
बार्षिक पचास लाख कारोबार गर्ने ब्यक्ती वा फर्म हरुलाइ आ. ब. २०७३/७४,२०७४/७५,२०७५/७६ र २०७६/७७ सम्मको आय विवरण र सो अनुसारको आयकर सोमा लाग्ने ब्यजको पच्चिस प्रतिशतले हुन आउने रकम २०७७ फागुन मसान्त सम्म बुझाएमा सो भन्दा अघिका आयबिबरण पेश गर्नु नपर्ने तथा सो भन्दा अगाडिको छुट हुने ब्यबस्था मिलाएको छ ।
उक्त अबसरको भरपुर लाभ ब्यसायी तथा फर्महरुले उठाएको देखिन्छ ।