अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाभर आगामी फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म बिजुली अवरुद्ध हुने भएको छ ।
सुपादेउरालीमा निर्माणधिन झोलुङ पुल तल रहेको लाईनलाई पुल निर्माण गर्ने अवधीसम्म अस्थाई रुपमा व्यवस्थित गर्न तथा सटडाउन गरी काम गर्नु पर्ने भएकोले शितगंगा नगरपालिकाभर आगामी फागुन २८ गतेदेखि चैत्र ८ गतेसम्म विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बिजुली अवरुद्ध हुने भएको हो ।
नेपाल बिधुत प्राधिकरण जिल्ला शाखा अर्घाखाँचीले जानकारी गराए अनुसार सुपादेउरालीमा निर्माणधिन झोलुङ पुल तल रहेको ३३ के.भि तथा ११ के.भि लाईनलाई पुल निर्माण गर्ने अवधीसम्म अस्थाई रुपमा व्यवस्थित गर्न तथा सटडाउन गरी काम गर्नुपर्ने साथै सन्धिखर्क – ठाडा ३३ के.भि तथा ११ के.भि लाईन फिडर सटडाउन गर्नु पर्ने भएको छ ।
साथै सो समय भन्दा अगाडि काम सकिएमा नियमित लाईन सुचारु हुने पनि प्राधिकरणले बताएको छ ।
उता अर्घाखाँची बितरण केन्द्रको प्रमुखमा स्वच्छ छविका मिहिनेती, इमान्दार किरन खनाल आएपछि अर्घाखाँचीभर बिद्धुत आपूर्तिमा पनि सहज नियमित भएको छ ।
अन्य जिल्लाको तुलनामा विधुत प्राधिकरण अर्घाखाँचीमा पर्याप्त जनशक्ति, अन्य प्राप्त सुविधा पनि नभएको देखिन्छ । तरपनि यहाँका कर्मचारीहरु दिनरात सेवामा खटिएका देखिन्छन् । यस्तै पछिल्लो समय जिल्लाभर बिद्धुत विस्तार, सबस्टेशनहरु निर्माण, विभिन्न ठाउँमा ट्रान्सफर्मर अपग्रेड गर्ने र नयाँ पोल फेर्ने लगायत दर्जनौ काम भईरहेका छन् ।