सदाबर स्वस्थ मसालका महामन्त्री मोहनविक्रम सिंहले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित खोप केन्द्रमा पुगी सिंहले खोप लगाउनु भएको हो ।
खोप लगाएपछि आफूलाई कुनै असहज नभएको सिंहले बताउनुभयो । ८६ वर्षीय महामन्त्री सिंह अहिले पनि स्वस्थ र युवा जस्तै राजनीति तथा साहित्य लेखनमा सक्रिय हुनुहुन्छ ।
सरकारले यही फागुन २३ गतदेखि ६५ वर्ष माथिका उमेर समूहका नागरिकलाई खोप दिन सुरु गरेको हो । नेपालमा गत माघ १४ गतेदेखि पहिलो चरणको खोप लगाउन थालिएको थियो ।