संसदमा विश्वासको मत नआए प्रधानमन्त्री ओलीले राजीनामा दिने

वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदमा विश्वासको मत नआए प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने बताउनुभएको छ ।
प्रेस संगठन नेपाल (ओली) समूहले वीरगञ्जमा आज गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजिनामा दिने जिकीर गर्नु भएको हो ।
राजनीतिक निकास नदिए ताजा जनादेशमा जानुपर्ने अवस्था आउन सक्ने उहाँको भनाई थियो ।
उहाँले अन्य दलसँग सहकार्य र गठनबन्धनको सम्भावना पनि उत्तिकै रहेको बताउनुभयो ।
पोखरेलले पूर्नजीवित नेकपा एमालेले सबै कम्युनिष्ट पार्टीलाई समेटेर अघि बढ्ने बताउनुभयो ।
अर्को एक प्रसंगमा उहाँले वीरगञ्ज नाकालाई सहज बनाउने र वीरगञ्ज पथलैया छ लेन सडकमा देखिएको समस्या समाधान गर्ने आश्वासन पनि दिनुभयो । इमेजच्यानलमा समाचार छ ।