सुर्य भुसाल
वाङ्ला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लामा जन्मिएका उदय भट्टराई यतिबेला हरेक सामाजिक कामहरुमा सक्रिय भएका छन् ।
वाङलामा जन्मिएका उदय भट्टराई काठमाडौंमा विभिन्न सेवा मुलक संस्थाहरु सन्चालन गर्दै सामाजिक क्षेत्रका कामहरुमा निकै सक्रिय हुँदै आएका छन् भट्टराईले अहिले काठमाडौं भन्दा अर्घाखाँचीको वाङलालाई धेरै समय दिने गरेका छन् –
वाङला स्वास्थ्य चौकी निर्माणका लागि लाखौं रुपैयाँ पर्ने जग्गा जिल्ला अस्पताल लाई दिएका भट्टराई सामाजिक काम गर्न सक्रिय बनेका छन् । भट्टराई परिवारले दिएको निशुल्क जग्गामा जिल्ला अस्पतालले भबन निमार्ण गरि वार्डबासीलाई स्वास्थ्य सेवा दिईरहेको छन् ।
सानै उमेरबाट सामाजिक तथा सेवामुलक ब्यबसाय सुरु गरेका भट्टराईले अहिले नेपाल ट्रेड एण्ड ईन्जिनियरिङ प्रा.लि स्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रा.लि सनराईज आई.टि सोलुसन प्रा लि, अलाना ईन्टरनेश्नल सर्बिसेस प्रा लि, आभाष एग्रो कन्सल्टेन्सि प्रा लि, रिक-रोज मिडिया एण्ड एड्भरटाईजिङ प्रा लि, रियल ड्रिम्स ईन्टरनेश्नल ईन्जिनियरिङ प्रा लि गरि सातवटा कम्पनीको प्रमुख कार्यकारी बनेर सेवा मुलक काम गरिरहेका छन् ।
भट्टराईले देशका धेरै ठाउँहरुमा गुणस्तरीय यी संस्थाहरु तथा कम्पनी मार्फत काग गर्ने गरेका छन् । उनले गरेको काम निकै राम्रो हुने गरेको भन्दै धेरैले प्रसम्सा गर्ने गरेका छन् ।