शिवरात्रीको अवसरमा अर्घाखाँचीभरका शिवालयहरुमा श्रद्धालुको भीड (फोटो फिचर)

केशवराज ज्ञवाली | बसन्त खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शिवरात्री पर्वका अवसरमा आज चुत्राबेसीको श्री शिद्वेश्वर शिवालय मन्दिर सहित अर्घाखाँची जिल्लाका बिभिन्न शिवालयहरुमा मेला लागेको छ । 
शिवरात्री पर्वका अवसरमा आज बिहीवार चुत्राबेसीको श्री शिद्वेश्वर शिवालय मन्दिर सहित अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत जिल्लाका बिभिन्न शिवालयहरुमा मेला तथा श्रद्धालुहरुको घुँइचो  लागेको हो ।
यसवर्ष कोरोनाका कारण अघिल्ला वर्षहरुमा भन्दा कमै भक्तजनहरु उपस्थित भएको देखिएको छ । कोरोना प्रभावले मानिसहरु खुलेर दर्शनका लागि पुग्न नसकेका हुन् । 
 
यस्तै श्री शिद्वेश्वर शिवालय मन्दिर चुत्राबेसी, सन्धिखर्क ९ कार्किटोलामा रहेको शिद्वेश्वर गुफामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । 
यस्तै शान्ती बगैचामा रहेको १०८ पञ्चाङग मन्दिर सन्धिखर्कमा, हसंपुरमा रहेको शिवालय मन्दिर, खनमा रहेको मालारानी मन्दिर, ढिकुराको म्यालपोखरीमा रहेको शिवालय मन्दिर,खिदिम दुर्गाफाटमा रहेको दुर्गेस्वर मन्दिर, अर्घातोषमा सत्यवती शिव मन्दिर, धारापानी, ढाकावाङ, खाँचीकोट, वाङ्ला, नरपानी, ठाडा र बल्कोट  साजबोटमा रहेको शिवलाय मन्दिर तथा जिल्लाका स्थानिय देव देवायलयहरुमा शिवरात्रीको अबसरमा भगवान शिवको पुजाआजा गरिएको थियो । 
साथै शिवरात्री पर्वका अवसरमा दुर्गाफाँटमा चौथौ पाणिनी दुर्वावेश्वर पर्यटन महोत्सव आयोजना गरिएको छ ।