सन्धिखर्कको क्रियटिभ डान्स स्टुडियो नयाँ व्यवस्थापनका साथ गुन्टेखोलामा (भिडियो, फोटो सहित)
फाल्गुन २७ गते, २०७७ मा प्रकाशित
केशवराज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको क्रियटिभ डान्स स्टुडियो डान्स स्कुल नयाँ ब्यबस्थापनका सहित संचालनमा आएको छ ।
सन्धिखर्कको गुन्टेखोलामा रहेको यो नृत्य स्कुलको आज महाशिबरात्रीको अवसरमा स्टुडियो उद्घाटन गरिएको छ । अर्घाखाँचीकै हंसपुरका शिव गुरुङ संचालक र प्रशिक्षक रहेको यो स्टुडियोमा नेपाली , अग्रेंजी, हिन्दी लगायत भाषामा प्रशिक्षण दिइने बताइएको छ ।
यस स्कुलमा आफुलाई सहज हुने समय ब्यबस्थापन गरि नृत्य सिक्न सकिने प्रशिक्षक गुरुङले बताए । नृत्य मात्र मनोरञ्जनका लागि मात्र नभई स्वस्थ रहन, मोटोपना घटाउनका साथै फुर्तिलो हुँदै थप स्वस्थ र जांगरिलो जीवन बिताउन आनि नृत्य आबस्यक रहेको पनि उनले बताए । सस्तो र गुणस्तरीय प्रशिक्षण दिदै कलाका पारखिहरुको इच्छा पूरा गर्न पनि यो स्टुडियोमा आएर डान्स सिक्न संचालक गुरुङले अनुरोध गरे ।
यस स्टुडियोका सन्चालक तथा प्रशिक्षक शिव गुरुङ हुन र विशेष सल्लाहकार सुशील परियार हुन् ।