मालारानी मन्दिरमा मुर्ति अनावरण तथा शिवरात्री मेला सम्पन्न (भिडियो, फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शिवरात्री पर्वका अवसरमा अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनदहमा रहेको मालारानी मन्दिर क्षेत्रमा मुर्ति अनावरण, पिकनिक स्पट उद्घाटन र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शिवरात्री पर्वका अवसरमा प्रमुख पर्यटकिय तथा धार्मिक स्थल खनदहमा रहेको मालारानी मन्दिर क्षेत्रमा निर्माण गरिएको राम मन्दिर उदघाटन तथा देवहरुका देव महादेवको पूर्णकदको मुर्ती अनावरण कार्यक्रम सम्पन्न भएको हो ।
मालारानी मन्दिर क्षेत्रमा मुर्ति अनावरण, पिकनिक स्पट उद्घाटन नेकपा एमाले केन्द्रीय सदस्य, अर्घाखाँची जिल्ला अध्यक्ष  तथा लुम्बिनी प्रदेश सांसद चेत नारायण आचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले जिल्ला सचिवालय सदस्य जनार्दन खनाल, एमाले जिल्ला सदस्य मालारानी पालिका कमिटी अध्यक्ष सालिकराम आचार्य, एमाले जिल्ला सदस्य तथा मालारानी गाउँ पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, एमाले जिल्ला सदस्य तथा मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, एमाले जिल्ला सदस्य  लील वि . क, एमाले जिल्ला सदस्य रुद्र परियार तथा मालारानी गा.पा.कार्यपालिका सदस्य दीपा पोख्रेल, एमाले जिल्ला सदस्य पुतला खनाल, अनेमसंघ लुम्बिनी प्रदेश सदस्य दीपा आचार्य, महिला नेतृ विमला चौहान, मालारानी वार्ड नंं ३ वार्ड अध्यक्ष शोभाखर खनाल, वार्ड नं ४ वडाअध्यक्ष विष्णु प्रसाद पोख्रेल, वार्ड नं ८ वडाअध्यक्ष नरेन्द्र बस्नेत, वार्ड नंं ३ वडासदस्य शोभाखर खनाल लगायतको उपस्थिती रहेको थियो ।